युवाको ज्यान जानेगरी भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेतमा चर्कियो आन्दोलन

युवाको ज्यान जानेगरी भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेतमा चर्कियो आन्दोलन
सुन्नुहोस्

वीरेन्द्रनगर : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ।

वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाललाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए। आइतबार सुर्खेतमा पुनः आन्दोलन चर्काएर वीरेन्द्रनगरको मुख्य राजमार्ग मंगलगढी चोकदेखि यरीचोकसम्मको सडक ठप्प पारेका हुन्। 

रत्न राजमार्गअन्तर्गत एरिचोक-मंगलगढी चोकको अवस्था आज तनावग्रस्त छ। जहाँ कुनै पनि सवारीसाधन चल्न पाएका छैनन्। प्रदर्शनकारीले सडक छोपेर विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन्। त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई निलम्बन गर्नसमेत माग गरेको छ। 

nullप्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन्। आन्दोलनकारीले टायर बाल्ने काम पनि गरिरहेका छन्। आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ छ। आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुनसक्ने चेतावनी दिएका छन् । आन्दोलनकारीले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन्। 

वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किएका थिए। 

null 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.