गौशाला-२६ को तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्यो निलम्बन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कार पीडित गौशाला-२६ को तस्बिर सार्वजनिक गर्ने आफ्ना कार्यकर्तालाई निलम्बन गरेको छ।
रास्वपाले नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी दिएको छ।
सापकोटाले सामाजिक सञ्जाल एक्समा पीडित गौशालाको तस्बिर राखेर अदालतको फैसलाप्रति कटाक्ष गरेको रास्वपाले जनाएको छ।
'सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशाला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए,' रास्वपाले सामाजिक सञ्चालमा जानकारी दिएको छ।
गौशाला-२६ को जाहेरीमा क्रिकेटर सन्दीप लामिछानाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ।