गोरखाका मगर समुदायले हर्षोल्लासका साथ माघी मनाउँदै

गोरखाका मगर समुदायले हर्षोल्लासका साथ माघी मनाउँदै
गोरखा सदरमुकाममा मौलिक भेषभुषामा मगर समुदायले झाँकी तथा  र्‍याली प्रदर्शन गर्दै । तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : गोरखाका मगर समुदायले हर्षोउल्लासका साथ आज माघे संक्रान्ति पर्व मनाउँदैछन् । मगर समुदायको प्रमुख सांस्कृतिक पर्वकारुपमा माघे संक्रान्तिलाई माघीका रुपमा उनीहरुले मनाउने गर्दछन् । 

नेपाल मगर संघ,जिल्ला समन्वय समितिको आयोजनामा गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लाका ११ वटै पालिकाबाट सहभागीहरु आएका थिए । 

null

उनीहरुले नेपाल मगर संघको कार्यालयदेखि हरमटारीस्थित खेलकुद मैदानसम्म विभिन्न झाँकीसहितको र्‍याली प्रदर्शनी गरेका थिए । साथै हरेक पालिकामा पालिकास्तरीय समितिले पनि अलगअलग कार्यक्रम गरी माघी मनाएका छन् ।

र्‍यालीमा सोरठी, मारुनी, झ्याउरे, चुट्का, पाङ्दुरे गीत तथा नाचहरु पनि प्रदर्शन गरिएको थियो भने मगर समुदायले पञ्चेबाजा बजाएर नाचगान गरेका थिए । सहभागीहरुले मगर जातिको मौलिकता झल्किने भेषभुषा पनि लगाएका थिए । उनीहरुले गोरखाको हरमटारीस्थित रङ्गशालामा औपचारिक समारोह आयोजना गरी शुभकामना आदानप्रदान गरेका छन् ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यस पर्वलाई विशेषगरी थारु र मगर समुदायले मुख्य चाडपर्वका रुपमा मनाउँछन् भने अन्य समुदायले पनि माघे सक्रान्तिका रुपमा विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.