प्रतिष्ठानको प्रतिष्ठा जोगाऔं

प्रतिष्ठानको प्रतिष्ठा जोगाऔं
सुन्नुहोस्

मुलुकको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा क्षेत्रलाई गुणस्तरीय, विश्वासिलो र अत्याधुनिक बनाउने उद्देश्यले प्रतिष्ठानको अवधारणा ल्याइएको हो। तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी प्रतिष्ठानको साख खस्किँदै गएको देखिएको छ। दुवै प्रतिष्ठान नमुना हुनुपर्छ। यहाँका कामकारबाही निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त  र जनउत्तरदायी हुनु जरुरी छ। 

१. राजनीतिक हस्तक्षेपमुक्त 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र बीपी प्रतिष्ठान राजनीतिक हस्तक्षेपले समस्यामा परेका हुन्। हस्तक्षेपबाट मुक्त राख्न सके प्रतिष्ठानको प्राण जोगिन्छ।

२. भर्तीकेन्द्र नबनाऔं
संस्थाप्रतिको दायित्वका साथै भिजन, मिसन प्रष्ट भएको व्यक्तिलाई प्रतिष्ठानमा नियुक्त गर्नुपर्छ। नियुक्तिपछि मूल्यांकन गरिनुपर्छ। नियुक्ति पाएका पदाधिकारीहरूले संस्थाप्रतिको उत्तरदायित्व बहन गर्न सक्नुपर्छ। पदाधिकारीको संस्थाप्रति अपनत्व हुनुपर्छ। सरकारले आफ्ना मान्छे नियुक्त गरेर प्रतिष्ठानलाई भर्तीकेन्द्र बनाउनु हुँदैन। 

३. आर्थिक दायित्व बहन गरौं
 प्रतिष्ठानमा आर्थिक अनुशासन कायम गर्नुपर्छ। स्रोतको कुशल व्यवस्थापन गर्नुपर्छ। असल शासनका आधारभूत मान्यतालाई आत्मसात गर्नुपर्छ। सरकारले आर्थिक दायित्व बहन गर्नुपर्छ।

४. सुशासन कायम गरौं
 प्रतिष्ठानको कामकारबाहीलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र मितव्ययी बनाउनुपर्छ। नागरिकलाई सुशासनको प्रत्याभूति दिनुपर्छ। आयव्यय सार्वजनिक गर्नुपर्छ। 

५. स्वायत्तताको प्रत्याभूति 
प्रतिष्ठान स्वायत्त संस्था हो। यसलाई प्राज्ञिक स्वायत्तता दिनुपर्छ। यसो नहुँदा विश्वविद्यालयको अस्तित्व रहँदैन। त्यसैले हस्तक्षेप हुनुहुँदैन। एउटै प्राज्ञिक संस्था र सेवाप्रदायक संस्था बेग्लाबेग्लै भएको हुनाले एकापसमा पारस्परिक सहयोग हुनुपर्छ। एकले अर्कोलाई हस्तक्षेप गर्नुहुँदैन। 

 (प्रा.डा. गुरुङ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्वउपकुलपति हुन् ।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.