विपन्न बिरामीलाई उपचारका लागि ६ लाख हस्तान्तरण

विपन्न बिरामीलाई उपचारका लागि ६ लाख हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : विपन्न बिरामीको उपचारका लागि उठाइएको सहयोग रकम हस्तान्तरण गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत रकुम पूर्वका हिका विकको सहयोगका लागि उठाइएको ६ लाख रकम मंगलबार हस्तान्तरण गरिएको हो। 

वाथ मुटुरोगको समस्याका कारण विकको मुटुको भल्ब प्रत्यारोपण गर्नुपर्ने भयो । उपचारमा ४ लाख बढी लाग्ने अस्पतालले बतायो। रुकुम भुमे गाउँपालिका–१ लुकुमका विक ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएका थिए। खर्चको अभावमा उपचार नहुने अवस्था आएपछि रुकुम पूर्वकै  शिखर विश्वकर्मा (मौसम)को पहलमा उक्त रकम संकलन गरिएको हो । तत्काल अप्रेसन गर्नुपर्ने देखिएको र रकम अभाव भएको थाहा पाएपछि सामाजिक सञ्जालमार्फत आह्वान गरी उक्त रकम संकलन गरिएको शिखरले जानकारी दिए।

देशविदेशमा रहेका सहयोगी व्यक्तिहरुबाट ५ दिनको बीचमा उक्त सहयोग संकलन गर्न सकेको शिखरको भनाइ छ । अस्पतालको बेडमै रहेका हिकाको सहयोग रकम पाउँदा खुसीका आँसु खस्यो।

दिदी ज्ञानु सुनारका अनुसार हिकालाई एक वर्ष अगाडिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । हात खुट्टा दुख्ने, छाती दुख्ने भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएका थिए । सुरुमा क्षयरोगको  शंका गरिएको थियो। औषधि पनि खाए । 

स्वास्थ्य समस्या बढ्दै गएपछि गत असोजमा गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जाँचका लागि आएका थिए । मुटुको भल्ब प्रत्यारोपण गर्न अप्रेसन गर्नुपर्ने चिकित्सकले बताए । 

पुस ३ गते बोलाइएको थियो । बेड खाली नभएको भन्दै भर्ना हुन पाएनन् । फेरि पुस ११ गते बोलाइयो । त्यति बेला पनि बेड नभएको भन्दै फर्काइयो । यसैबीचमा उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो । त्यसपछि रुकुमबाट बुटवल मुटु अस्पतालमा ल्याई भर्ना गरियो । छिट्टै अप्रेसन गर्नुपर्ने र त्यहाँ सुविधा नभएकाले हिकालाई काठमाडौं पठाइयो । 

पुस २६ गते उनी गंगालाल अस्पतालमा भर्ना भएका हुन् । आगामी सोमबार अप्रेसन तोकिएको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए । उपचारपछि सामान्य अवस्थामा फर्कन सक्ने पनि स्वास्थ्यकर्मीले बताए ।

विकका ४ वर्षका छोरा छन् भने श्रीमती टीका ६ महिनाकी गर्भवती छिन् । बिरामी भएयता विभिन्न ठाउँमा गरिएको उपचारमा ३ लाख भन्दा बढी खर्च भइसकेको छ । पहिले उपचार गरेकै ऋण तिर्न नसकेको अवस्थामा अप्रेसन गर्न ठूलो रकम लाग्ने भएपछि विक अन्योलमा परेका थिए । सहयोग रकम पाएपछि अप्रेसन गरेर स्वस्थ भई छिटै सामान्य जीवनमा फर्कने विश्वासमा उनी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.