रास्वपाले रुग्ण र अलपत्र परेका आयोजनामा ‘दबाब यात्रा’ गर्दै, कुन-कुन परे ?

रास्वपाले रुग्ण र अलपत्र परेका आयोजनामा ‘दबाब यात्रा’ गर्दै, कुन-कुन परे ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘दबाब यात्रा’ गर्न २७ आयोजनाको सूची सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको गरिएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। 

रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ  छन्। 

‘रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन ८० मा विकास आयोजनामा भइरहेको ढिलाईबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको छ। अभियानको सुरुवातमा नारायणगढ-बुटवल दबाब यात्रा गरिएको थियो । बैठकले सो अभियानलाई निरन्तरता दिने निर्णय गर्दै केही आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निश्कर्ष निकालेको छ’ विज्ञप्तिमा भनिएको छ। यसअघि रास्वपाले नारायणगढ-बुटवल खण्डमा पदयात्रा गरेको थियो ।

यी हुन् रास्वपाले सार्वजनिक गरेको दबाब कार्यक्रम गर्नुपर्ने सम्भावित आयोजना :

  • गल्छी-त्रिशुली- मैलुङ-स्याफ्रुबेंसी- रसुवागढी सडक (दुई खण्ड) 
  • मेलम्ची खानेपानी आयोजना
  • ११ किलो-छेपेटार-भालुस्वारा वारपाक 
  • टनकपुर लिंक रोड
  • हुलाकी राजमार्ग (बेलौरी पचुई क्षेत्र)
  • भेडेटार रबि- राँके सडक
  • कमला पुल
  • जनकपुर परिक्रमा सडक
  • कालिगण्डकी करिडर अन्तर्गत म्याग्दी सडक खण्ड
  • मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ- बाग्लुङ सडकखण्ड 
  • मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेख खण्ड
  • दाङको घोराही तुलसीपुरको सडक
  • तिनकुनेस्थित बागमती पुल, काठमाडौँ 
  • ग्वार्को फ्लाइओभर
  • धनगढी दिपायल फास्ट ट्रयाक 
  • काठमाडौं- मधेस द्रुतमार्ग
  • चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक 
  • घुमाउने पुल, सडक स्तरोन्नति (तनहुँ चितवन)
  • मकैसिंह पुल, गोर्खा
  • नागढुंगा-मुग्लिन सडक स्तरोन्नति
  • त्रियोगा पुल, उदयपुर
  • धरहरा, काठमाडौँ
  • भेरी बबई डाइभर्जन
  • सिद्धबाबा सुरुङ मार्ग
  • गौतमबुद्ध/पोखरा विमानस्थल
  • पासाङ ल्हामु राजमार्ग (काठमाडौं त्रिशुली)
  • दमौली- पोखरा सडकखण्ड

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.