पासपोर्ट नवीकरण तथा जनसचेतना शिविर सञ्चालन

पासपोर्ट नवीकरण तथा जनसचेतना शिविर सञ्चालन
सुन्नुहोस्

यूएई : नेपाली दूतावास अबुधाबीले पासपोर्ट नवीकरण तथा जनसचेतना शिविर सञ्चालन गरेको छ। दूतावासबाट तीन सय किलोमिटर टाढा रहेको रसअल खैमाह राज्यमा पासपोर्ट शिविर सञ्चालन गरेको हो।  

गत आइतबार जनवरी २१ मा सम्पन्न उक्त शिविरमा ३ सय १५ जना नेपालीले पासपोर्ट नवीकरणको सुविधा लिएका थिए। कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले सामाजिक सुरक्षा, टेलिमेडिसिन सेवा तथा सुरक्षित विप्रेषणका बारेमा जानकारी गराएका थिए। श्रम सहचारी आबेद अन्सारीले विद्यमान श्रम कानुन र त्यसको उपयोगिताका बारेमा विशेष जानकारी दिए। जनचेतना कार्यक्रममा झण्डै ५ सय कामदार उपस्थित थिए।

नेपाली दूतावास अबुधाबीका प्रवक्ता तथा मिनिस्टर काउन्सिलर विशाल भट्टराईले रस अल खैमाह राज्य अन्य राज्यहरूभन्दा टाढा रहेको र यहाँ बाट अबुधाबी पुग्न पैसा र समयको हिसाबले निकै कठिन भएको हुनाले कामदारको सुविधालाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको बताए। 

कार्यक्रममा यूएईकै अर्को टाढाको राज्य फुजेराहबाट आएका १ सयभन्दा बढी सेवाग्राहीले पनि सेवा प्राप्त गरेका थिए। दूतावासले अघिल्लो साता १४ जनवरीका दिन पनि फुजेराहमा यस्तै प्रकृतिको घुम्ति शिविर आयोजना गरेको थियो। एनआरएनएले संयोजन् गरेको उक्त शिविरमा २ सय ३९ जना कामदारले पासपोर्ट नवीकरण गरेका थिए। 

यूएईमा ३ लाखभन्दा धेरै नेपालीरु कार्यरत छन्। रस अल खैमाह राज्यमा १० हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.