देशका लागि सहादत प्राप्त गर्नेको सम्मानमा शहीद दिवस मनाइयो ‌(भिडियो)


काठमाडाै‍‌ : देश र जनताका लागि सहादत प्रदान गर्नेहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । सोही क्रममा काठमाडौं महानगरपालिकाको आयोजनामा मंगलबार बिहान शान्तिवाटादेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरि निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

दिवसका अवसरमा लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहानियाँ राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदै आएका भन्दै शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदले देख्नुभएको सपनालाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.