अन्नपूर्ण पोस्ट्को साइकल र्‍याली (फोटोफिचर)

अन्नपूर्ण पोस्ट्को साइकल र्‍याली (फोटोफिचर)

काठमाडौं : अन्‍नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गरेको छ। नवौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्‍याली ‘राइड फर लाइफ २०२४’को उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी हुन्। 

null

क्यान्सरविरुद्धको जागरण र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्‍याली आयोजना गर्दै आएको छ।

null

साइकल र्‍याली उद्घाटन समारोहमा उपसभामुख रानाले अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रुपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएकोमा खुसी व्यक्त गरिन्। ‘अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रुपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएको छ।’ उनले भनिन्,‘क्यान्सर र स्वास्थ्यको बारेमा जनचेतना जगाउन कहिले ब्याडमिन्टन, साइकल र्‍याली, समाचार र अन्तरक्रियामार्फत काम गर्दै आएको छ।’
उनले साइकललाई प्रवर्द्धन गर्ने हो भन्ने प्रदूषण पनि कम हुने उल्लेख गरिन्। 

null

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले व्यक्ति, समाज र राष्ट्रलाई स्वस्थ बनाउन जनचेतनाका लागि क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गरिएको बताए। उनले भने,‘साइकल यात्रा गर्नेलाई सोध्नुहोस् साइकलको महत्त्व कति छ। साइकलले कतिको स्वस्थ बनाउँछ। स्वच्छ र स्वस्थ समाज निर्माणका लागि साइकललाई प्रवर्द्धन गर्नुपर्छ।’

नेपाल साइकल संघका अध्यक्ष सुदीप पौडेलले साइकल र्‍यालीमा ५ वर्षदेखि ७६ वर्षसम्मका मानिसहरु सहभागी रहेको बताए। उनले भने,‘साइकल प्रवर्द्धन गर्न सरकारले साइकल लेन बनाउनुपर्छ।’ 

 null

र्‍याली बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, बसुन्धरा चोक, बालाजु चोक, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ।

र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत भाग्यमानी विजेतालाई उपहार प्रदान गरिनेछ। अन्नपूर्ण मिडिया नेटवर्कले नौं वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्‍यालीको आयोजना गर्दै आएको छ।

तस्बिर : सुनीता डंगोल/ अभिषेक महर्जन/ अशोक दुलाल

null

null

nullnull

nullnullnull

null

nullnullnull

 

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.