संसद‍्मा खराब कानुनका विरुद्ध जेहाद छेड्ने तयारीमा छौं : डा. वाग्ले

संसद‍्मा खराब कानुनका विरुद्ध जेहाद छेड्ने तयारीमा छौं : डा. वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले संसद्मा‍ खराब कानुनका विरुद्ध जेहाड छेड्ने तयारीमा रहेको बताएका छन्। राष्ट्रव्यापी दबाबमूलक कार्यक्रमको आइतबार मेलम्चीमा शुभारम्भ गर्दै रास्वपा सांसद वाग्लेले भोलिदेखि सुरू हुने संसद् बैठकमा  रास्वपा खराब कानुनको विरुद्ध लड्न अझ सशक्त ढंगले अगाडि बढ्ने दावी गरेका हुन्।

'भोलिदेखि संसद् बैठक सुरू हुँदैछ। खराब कानुनका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं। यसै सिलसिलामा संसदीय दलको बैठक बसेर सांसदहरूले त्यसको तयारी गरिरहनु भएको छ,'उनले भने।

उनले संसदको लडाइँ सडकमा उतार्न अभियान सुरू गरिएको बताए। उनले भने,'संसदीय फाँटको लडाइँलाई अब सडकमा उतार्दैछौं। शान्तिपूर्ण तवरले एक थोपो रगत नबगाइकन जनतालाई दु:ख नदिइ शान्तिपूर्ण दबाब दिन अभियान सुरू गरेका हौं।'

नेता वाग्लेले आफ्ना २० जना सांसदहरूले संसदमा उठाएका आवाज बुलन्द भएको दावी गरे। 'संघदेखि स्थानीय सरकारमा रास्वपाको उपस्थित नभए पनि २० जना सांसदहरूले आवाज उठाइरहेका छन्। जनताका मुद्दा उठाइरहेका छन्, जुनसकै बैठकमा किन नहोस्  मन्त्रीहरूलाई र्‍याखर्‍याख्ति पारिरहेका छन्,'उनले भने,'प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिभाका सबै सांसद जोड्दा ८८४ जना छन्। तीमध्ये हाम्रा २० जना सांसदहरूले उठाएका आवाज ती बाँकी सबैभन्दा कडा छन् । बुलन्द छन्। किनभने हामीले उठाएका मुद्दा सही छन् र हामी जनताको पक्षमा उभिएका छौं।'

रास्वपाले  रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका  आजदेखि दबाब अभियान सुरू गरेको हो। अभियानका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासा लिने रास्वपाले जनाएको छ।

दबाब यात्रामा  सांसदसहित २१ जनाले अगुवाइ गरेका छन्। अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.