‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ’

हाम्रो युगमा क्रान्तिको आवश्यकता छ, त्यो नीलो क्रान्ति हो : रवि लामिछाने

हाम्रो युगमा क्रान्तिको आवश्यकता छ, त्यो नीलो क्रान्ति हो : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले हाम्रो युगका क्रान्तिको आवश्यकता भएको बताएका छन्। आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको दाबी गरेका हुन्।

‘देशमा धेरै आन्दोलन भए, त्यसको सान्दर्भिकतामा प्रश्न गरेको होइन। हरेक युगले आफ्नै किसिमको माग गर्दछ। मात्र हामी अहिलेको मागलाई सम्बोधन गर्दै जनतालाई दु:ख दिएर होइन, जनतालाई सुख दिने हेतु, नेताले अग्रसरता लिने किसिमको आन्दोलनको परिकल्पना गर्दैछौं। हाम्रो युगमा क्रान्तिको आवश्यकता छ। परिवर्तनका लागि आन्दोलनहरुको आवश्यकता छ। आन्दोलनको स्वरुप र प्रभावकारीता फरक हुन सक्छ।’

उनले हिजोको रातो क्रान्तिमा रगत बगेकाले अब हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राखे। ‘इतिहासमा रातो क्रान्ति भए। राता क्रान्तिप्रति हामीले अवमूल्य गरेका छैनौं, गर्दैनौं।’लामिछानेले भने,‘हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ। यो पनि होइन कहिले पनि ठूला ठूला क्रान्तिको आवश्यकता पर्दैन। तर अहिले बेला आएको छैन।’

उनले जनतालाई अगाडि लगाएर आफू पछाडि बस्ने दिन गएको दाबी गरे। लामिछानेले जनतालाई दुख दिएर नभई नेताले दु:ख गरेर परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ। त्यसको शान्त विरोध रास्वपाले गरेको हो। ’लामिछानेले भने,‘अब जनतालाई दुख दिन पुग्यौं। केही गर्नुपर्छ भने नेताले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ। भनेर होइन गरेर देखाउनुपर्छ।’

उनले २१ वटा योजनामा दबाब यात्रा सुरु गरेको उल्लेख गरे। उनले समस्याको ज्ञापन पत्र नभई समाधानसहितको ज्ञापन पत्र बुझाएर जनतालाई जानकारी दिने धारणा राखे। ‘हामीसँगै विज्ञ टोली, विज्ञता हासिल गरेका व्यक्तिहरु पनि छन्। यात्रा सकिएपछि सुझाव पत्र सरकारलाई बुझाउने छौं।’ उनले भने,‘हामीले दिएको सुझाव पत्र त सरकारले हेर्ने छैन। तर चिन्ता छैन ८४ मा जनताले रास्वपालाई सरकारमा पठाउने हुन् त्यो बेला  योजनाहरुलाई प्राथमिकता दिने लिस्ट भएको कार्यान्वयन गर्छौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.