वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ
सप्तरी जिल्ला अदालतमा आरोपितलाई म्याद थप्न ल्याइएको इप्रका कडरबोनाको गाडी। तस्बिर : मनोहर पोखरेल।
सुन्नुहोस्

राजविराज : सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या आरोपमा उनका छिमेकी २५ वर्षीय प्रमोद राम पक्राउ परेका छन्।

खोजतलाशका क्रममा साढे दुई महिना पछि गाउँघरमै बसिरहेको अवस्थामा राम पक्राउ परेका इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले जनाएको छ।

मृतकका छोरा दुर्गानन्द मोचीले दिएको उजुरी इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते दर्ता भएको थियो। कात्तिक ३० गते जेष्ठ नागरिक महिलालाई आरोपितले कुटपिट गरेका थिए। 

पक्की घाटको पिल्लरमा ठोकिने गरी धकेल्दा लडेर टाउकोमा चोट लागी घाइते भएकी रेश्मीदेबीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.