सहकारी र लघुवित्तका समस्या समाधान गर्न रास्वपाले सरकारलाई दियो सुझाव

सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री

सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो।

गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो। विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तर्क्रिया समेत गरेर प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ।

प्रधानमन्त्रीसँग भेटमा रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरे।

null

सुझावपत्र बुझ्दै जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताए। प्रधानमन्त्रीको सचिवालयमा अनुसार प्रचण्डले भने,‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’

हेर्नुहोस् प्रतिवेदन 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.