काठमाडौं : नेपालविरुद्धको खेलमा नेदरल्याण्ड्सको छैटौं विकेट पतन भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भुर्तेलले छैटौं विकेट लिएका हुन्।
त्यस अगाडि नेदरल्याण्ड्सका बास डे लिडलाई ललित राजबंशीले आउट गराएका थिए। उनी ४४ बलमा २७ रन बनाएर आउट भए। त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टलाई राजबंशीकै बलमा अनिल साहले क्याच आउट भए। उनले ३५ बलमा २३ रन प्रहार गरे।
म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए भने सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको पहिलो विकेट लिएका हुन्। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए।
नेदरल्याण्ड्सले अहिले २७ औं ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १०० रन बनाएर खेलिरहेको छ।