रास्वपाले गर्‍यो कर्णालीका प्रदेशदेखि वडासम्मका समिति र विभाग विघटन

रास्वपाले गर्‍यो कर्णालीका प्रदेशदेखि वडासम्मका समिति र विभाग विघटन
तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका समिति र विभाग विघटन गरेको छ। रास्वपाको आइतबार बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी ३ महिने कर्णाली विशेष अभियान संचालन गर्ने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार बैठकले अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकता साथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई अगाडि बढाउने निर्णय गरेको छ।

यसैगरी बैठकले केन्द्रीय विभागमा केही सदस्यको मनोनयनसँगै जिम्मेवारी हेरफेर गरेको छ ।  बैठकले पवन देवकोटालाई केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतारालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य, भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई मानव अधिकार विभागको सदस्य र दीपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी दिएको हो ।

बैठकले बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रण सम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय समेत गरेको ढकालले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.