वीरगन्जमा दोस्रो दिन पनि कर्फ्यु जारी

वीरगन्जमा दोस्रो दिन पनि कर्फ्यु जारी
तस्बिर : क्रान्ति शाह

वीरगन्ज : कर्फ्यु जारी रहेकै अवस्थामा वीरगन्जको अवस्था तनावग्रस्त रहेको छ। सोमबार दुई फरक धर्म समुदायकाबीच  विवाद भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा सोमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणका किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागू गरिएको छ।

कर्फ्यु लागेपनि वीरगन्जका ठाउँठाउँमा हिन्दुवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो। घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरूलाई प्रहरीले लखेटेको छ। त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको छ। त्यहाँबाट प्रहरीले चारजना युवालाई नियन्त्रणमा पनि लिएको छ।

बिहानैदेखि वीरगन्जका चोकचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच भएको विवादलाई लिएर वीरगन्जमा पनि सोमबारदेखि दुई फरक धर्म समुदायबीच तानाव सृजना भएको हो। सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल  प्रहरी र सशस्त्र प्रहरीका गरी ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
  
यसअघि सोमबार दिउँसोदेखि केहि हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबीच झडप भएको थियो । यस्तै हिन्दुवादीहररूले बजार बन्द गराउने क्रममा केहि पसलमा तोडफोड गरेपछि  मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षप गरेको थियो । 

त्यस्तै हिन्दुवादीहरूले जुलुश निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

तर  त्यसपछि वीरगन्जकै इदगाह चोकमा मुस्लिम  समुदायका केहि युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भिड तितरवितर पार्न १० राउन्ड  बढी अश्रुग्यास प्रहार गरेको थियो ।

यसअघि हिन्दु समाज नामक समूहको अगुवाइमा हिन्दुवादीहरूले रौतहट,महोतरीलगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.