गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौं : गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।
उनका दुई छोरा सत्य र स्वरुप आचार्य छन्। उनीहरू पनि गीत/संगीतमै सक्रिय छन्।