नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट
काठमाडौं : त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर बलिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।
२.१ ओभरमा नेदरल्यान्ड्सका म्याक्स ओ डाउड केसीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भएका हुन्। डाउडले ४ रन मात्र बनाउन सके।
अहिले ३ ओभरमा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्डिङ रोजेका हुन्। नेपालले आज टोलीमा आज दुई खेलाडी परिवर्तन भएको छ। विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जिसीलाई आज खेलाइएको छ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि-२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्। यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी