हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाखसहित पाँच जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाखसहित पाँच जना पक्राउ
सुन्नुहोस्

कलैयाः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले २१ लाख नौ हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतबाट नेपालतर्फ रकम ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरूलाई बरामद नगदसहित सोमबार सार्वजनिक गर्दै प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको जनाएको छ। 

प्रहरीद्वारा पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-७ का आसिफ मनि चेन्जरका संचालक ३१ वर्षीय कलामुदिन अंसारी, ३९ वर्षीय मेराजुल हक अंसारी, भारत बिहार मोतीहारीका थाना हरपुर पञ्चायत नायक टोल बस्ने रञ्जित सर्राफ रहेका छन्। फागुन १८ गते कलैया ६ स्थित अस्पताल रोडबाट प्रहरीले पाँच लाख नगदसहित सर्राफलाई पक्राउ गरेको थियो। सर्राफलाई नियन्त्रणमा लिएपछि प्रहरीले मनि चेन्जरका सञ्चालकलाई पक्राउ गरेको हो। 

यसैगरी फागुन २० गते भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले विश्रामपुर गाउँपालिका-१ छतवाबाट १६ लाख ९ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोतिहारी स्यामपुरका ४२ वर्षीय कृष्ण लाल साह र मोतिहारी अरेराका ४० वर्षीय रवीशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन्। 

छुट्टाछुट्टै मितिमा पक्राउ परेका उनीहरूसँग बैंकको इजाजत पत्र नरहेको बताउँदै प्रहरी उपरीक्षक काफ्लेले बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कारबाही प्रक्रिया थालिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.