जसपा बैठक : सरकारमा सहभागीताबारे अनिर्णित

जसपा बैठक : सरकारमा सहभागीताबारे अनिर्णित
सुन्नुहोस्

वीरगन्ज : नयाँ गठबन्धनको सरकारमा जाने /नजाने विषयमा टुंगो लगाउन बुधबार बसेको जनता समाजवादी पार्टी (जसपा)को बैठक निष्कर्षविहीन बनेको छ। काठमाडौंमा बुधबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने/ नजाने विषयमा निर्णय गर्न नसेको हो। बैठकमा सहभागी जसपाका प्रमुख सचेतक प्रदीप यादवले बैठक निष्कर्षविहिन सकिएको र  फेरि बैठक बसेर यसबारे निर्णय लिने जानकारी दिए।

उनले  बैठकमा सरकारमा जाने/ नजाने विषयमा गहन छलफल भएको बताए। 'बैठकमा नेतृत्वले नेताहरूको परामर्श लियो । नेताहरुले आ -आफ्ना राय विचार राखे,'उनले भने। नयाँ गठबन्धनको सरकारमा जान जसपाको केहि शर्त रहेको र ती शर्त सम्बोधन हुने भएपछि मात्र पार्टीले अन्तिम निर्णय गर्ने उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र  वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ सरकारमा जान सकारात्मक भएपनि अन्य नेताहरूले तत्काल जान नहुने बताएपछि जसपा पर्ख हेरको अवस्थामा रहेको छ।

मधेस प्रदेश सरकारको नेतृत्व जसपाकै यथावत रहनुपर्ने र संघीय सरकारमा जसपाबाट सहभागी हुने मन्त्रीहरूको वरियताक्रम तोकिनुपर्ने शर्त जसपाको रहेको यादवले बताए। मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ। सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री छन्।

प्रतिनिधि सभामा जसपाका १२ सांसद  छन्। सोमबार नयाँ गठबन्धन बनेको थियो। जसमा जसपासहित चार दल छन्। ती चार दलबीच सत्ता साझेदारी हुँदा त्यसमा जसपाले पनि हस्ताक्षर गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.