प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत दिन रास्वपाले ह्वीप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेपछि संसदीय दलको बैठकपश्चात अनिवार्य उपस्थित भएर विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। रास्वपा उपप्रधान एवम् गृहमन्त्रीसहित ४ मन्त्रालय लिएर सरकारमा गएको छ।

संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको छ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आजको कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ। अधिकारीले भने,‘सभामुख ज्यूले २९ गते कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ। त्यहाँ छलफल हुन्छ। कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सम्भवतः प्रधानमन्त्रीले मागेकै दिन अर्थात् फागुन ३० गते बिहान ११ बजेलाई तोक्नुहुनेछ।’

प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए।

हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको  थियो। मत दिन्नमा एक मत खसेको थियो। 

कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.