एक सातापछि सञ्‍चालनमा आयो चिसापानी पुल

एक सातापछि सञ्‍चालनमा आयो चिसापानी पुल
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुल आजबाट सञ्चालनमा आएको छ ।  सडक डिभिजन कार्यालय नेपालगञ्ज र सडक विभागको पुल महाशाखाले आगलागीबाट पुलमा भएको क्षतिबारे अध्ययन गरेपछि आजदेखि पुल सञ्चालनमा ल्याएको हो । 

वीरगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको मालबाहक ट्रकमा पुलमा गुडिरहेको बेला आगलागी हुँदा पुलका १४ वटा सपोट तार तथा सतहमा क्षति भएको थियो । सडक डिभिजन र महाशाखाको टोलीले गरेको अध्ययनले पुलको सपोट तारको बाहिर भागमा जलेर क्षति भए पनि भित्रि क्षति नपुगेको निष्कर्ष निकालेपछि आजदेखि पुल सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सिनियर इञ्जिनियर निरज शाक्यले सपोट तारमा भित्रि क्षति नपुगेको र पुलको सतह आधा निर्माण गरिएपछि एकतर्फी सञ्चालनमा ल्याइएको बताए । ‘७.२० मिटर चौडाई रहेको पुलको सतहमा क्षति पुगेकोमा एकतर्फको ३.६० भागमा मर्मत गरेर पुल एकतर्फी सञ्चालन गरेका छौं,'इञ्जिनियर शाक्यले भने, ‘तीन दिनभित्रै अर्कोतर्फ पनि मर्मत गरिसकेर पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौं ।’

सपोट तारको बाहिरी भागमा मात्रै क्षति पुगेकाले सञ्चालनमा कुनै जोखिम नभएको शाक्यले बताए । पुलमा भएको आगलागीको क्षतिबारे अध्ययन गर्न डिभिजनले पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने सवारी साधनहरु कैलालीको लम्की र बर्दियाको भुरीगाउँबाट डाइभर्ट गर्नु परेको थियो । 

आगोले पुलमा क्षति पुर्याएपछि यातायातका साधन कैलालीको लम्कीबाट टीकापुर हुँदै सत्ती घाटबाट बर्दिया र बर्दियाको भुरीगाउँबाट कोठियाघाट हुँदै राजापुरबाट सञ्चालन हुँदै आएका थिए । २०५१ सालमा जापानको कावासाकी हेवी इन्डस्टिजले निर्माण गरेको चिसापानीस्थित कर्णाली पुल एक खम्बामा अड्याइएको पुल हो । पाँच सय मिटर लम्बाई र १० मिटर चौडाईमा निर्मित यो पुल बने सन् २००६ मा एकपटक सामान्य मर्मत सम्भार भएको इञ्जिनियर शाक्यले बताए । 

‘सामान्य रुपमा केही मर्मत त भएको हो तर पूर्णरुपमा मर्मत हुन सकेको थिएन,'शाक्यले भने, ‘सडक डिभिजन र पुल महाशाखाले केही समयभित्रै पुलको सम्पूर्ण मर्मत गर्ने निष्कर्षमा पुगेका छौं ।’ पटकपटक मर्मत सम्भार हुनुपर्ने एक पिल्लरमा निर्मित उक्त पुलको तारहरु,पिल्लर जीर्ण बन्दै गएका छन् । पुलको तार र पिल्लरमा जनयुद्धको समयमा तत्कालीन विद्रोही पक्ष र सुरक्षाकर्मीबीच भएको दोहोर भिडन्तमा लागेको गोलीको निसान अहिले पनि देख्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.