होली रङको पर्व

होली रङको पर्व
सुन्नुहोस्

रङको पर्व अर्थात् होली। फागुपूर्णिमाका अवसरमा वर्षमा एक दिन मानिस रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन्। प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखबिरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ छन्। हरिया, राता, नीला, वैजनी, पहेँलामात्रै होइन, हामीले उल्लेख गर्ने रङभन्दा धेरै रङ भेटिन्छन् प्रकृतिमा। यसको अर्थ, रङ हाम्रो जीवनसँग सीधै जोडिएको हुन्छ। जीवनको रङ र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको छ। जसले हरेक रङमार्फत प्रकृति र प्रेमको अभिव्यक्ति दिन्छन्।

शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रङसँग छ, त्यसरी नै होलीमा खेलिने रङले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन्। रातो रङ प्रेम, शक्ति र साहसको प्रतीक हो। सेतो पवित्रताको, हरियो प्रकृति र आत्मीयताको, पहेँलो बौद्धिकता र सादगीपनाको, नीलो शान्तिको प्रतीक, सुन्तला रङले रचनात्मक शक्तिको, बैजनी होस् र ध्यानको प्रतीकको रूपमा अर्थ लगाइन्छ। त्यसैले जीवन, जगत् र पदार्थसँग रङहरूको प्रभाव सँगसँगै रहन्छ।

संसारको बाहिर जे देखिन्छ त्यसलाई भौतिक रङलाई हामी फूलसँग कल्पना गर्न सक्छौं। यसलाई आँखाले हेरेर आनन्द लिन्छौं, तर त्यसको सुगन्धले हामीलाई १ सेकेन्ड भने पनि आँखा चिम्लिन बाध्य बनाउँछ, भित्री रङको अनुभूति दिलाउँछ किनभने गहिराइ या भित्र हुन्छ सुगन्ध। त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो। मूलतः बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले रोक्न सक्छ र ?

भित्री आनन्द केमा छ ? त्यसप्रति पनि ध्यान दिन सकेमात्र जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ। त्यसो हुँदा खुसी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के कस्ता रङहरू आवश्यक छन्, त्यो थाहा पाउनुपर्छ। फलतः प्रेम, करुणा, मित्रता, धन्यवाद र शान्तिका रङविना जीवन आनन्दित र सफल नभएको बरोबर महसुस गर्दै आएका कुरा हुन्। हृदयको तलमा हुने एकमात्र उपाय हो नकारात्मकतालाई बेवास्ता गर्ने, जसरी अन्धकारलाई हटाउन दीप जलाउनुपर्छ। त्यसैगरी नकारात्मकतालाई हटाउन सकारात्मक भावको विकास हुनुपर्छ। 

(खरेल संस्कृतिसम्बन्धी लेखक हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.