फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते
सांकेतिक तस्बिर।

हेलसिन्की : फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । गोली चलाउने नाबालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एकदेखि नौसम्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेका स्रोतले जनाएको छ । 

प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुबै नाबालिग भएको पुष्टि गरिएको थियो । 

गोलीकाण्डपछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रही सम्भव भएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्नसमेत पनि प्रहरीले  विज्ञप्तिमार्फत जनतालाई सुचना जारी गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.