लम्की टीकापुर सडकखण्डमा पुरुषको शव फेला

लम्की टीकापुर सडकखण्डमा पुरुषको शव फेला
सांकेतिक तस्बिर।

टीकापुर : कैलालीको दक्षिणी लम्की टीकापुर सडकखण्डमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा-५ पथरैयास्थित सडक खण्डमा एक युवकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार सडकखण्डमा मृत अवस्थामा फेला परेका पुरुषको टाउकोमा गम्भीर चोट देखिन्छ । सडक दुर्घटनाका कारण ज्यान गएको हुनसक्ने पारम्भिक अनुमान गरेको प्रहरीले उनको शव टीकापुर अस्पतालमा राखेको छ ।

मृतकका आफन्त टीकापुर अस्पताल आइरहेको बताउँदै डिएसपी अधिकारीले शवको सनाखत हुन नसकेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.