दुई दिनमै १३ हजार पर्यटक
जोमसोम : मुस्ताङको कागबेनीधाममा श्राद्ध गर्ने तीर्थालुको घुइँचो लागेको छ। बर्सेनि चैते दसैं र बडा दसैंको औशीमा कागबेनीमा धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्छ। शनिबार र आइतबार करिब १३ हजार पर्यटक त्यहाँ पुगेका छन्।
यो समयमा आफ्ना दिवंगत पितृहरूको नाममा श्राद्ध,पिण्डदान र तर्पण दिनाले पितृहरू खुसी भई धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ।
पछिल्लो एक दशक मुस्ताङमा धार्मिक तीर्थालु पर्यटकहरुको आगमन बढ्दै गएको छ। परापूर्व कालमा कागबेनीमा काग भुसुन्डे ऋषिले तपस्या गरी बसेको भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ। यसका कारण यो भूमि हिन्दु धर्मावलम्बीका लागि निकै प्रसिद्ध र महत्वपूर्ण धार्मिक स्थल मानिएको हो।