विशेष अधिवेशन छल्दै मुख्यमन्त्री कार्की

विशेष अधिवेशन छल्दै मुख्यमन्त्री कार्की
सुन्नुहोस्

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विशेष अधिवेशनको माग छल्न प्रदेश सभाको अधिवेशन डेढ महिना धकेलेका छन्। नेकपा एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कार्कीले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन्। 

संसदमा रहेका एमाले र माओवादीका ५३ संसदले हस्ताक्षर गरी संसदको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसँग माग गरेपछि प्रदेश सरकारले हतार–हतार डेढ महिनापछिका लागि प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो। मुख्यमन्त्री कार्यालयबाट सिफारिस पत्रमा सोमबारको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको उल्लेख छ। 

एमाले माओवादी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन्।

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.