जर्मनीमा बढ्यो आपराधिक गतिविधि

जर्मनीमा बढ्यो आपराधिक गतिविधि
सुन्नुहोस्

बर्लिन : जर्मनीमा आपराधिक क्रियाकलाप बढ्दै गएको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा सन् २०१६ यताकै उच्च स्तरमा अपराधिक क्रियाकलाप बढेको छ।

युरोपकै ठूलो अर्थतन्त्र मानिने जर्मनीमा वार्षिक ५.५ प्रतिशतले अपराध बढेको हो। सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको पाइएको छ। उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराध रहेको देखिन्छ। 


सरकारले कानुनीरूपमै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको बताएको छ। संघीय गृहमन्त्री न्यान्सी फेसरका अनुसार आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको सङ्ख्यामा तीव्ररूपमा वृद्धि भएको छ।  प्रतिवेदनले यो तथ्यांक क्रमश १२ प्रतिशत, ९.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको देखाएको छ। 

सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्यांक’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न सीमामा कडाइ गरेको छ। जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन्। ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनले ‘आपराधिक गतिविधिमा लाग्ने विदेशी’ को सङ्ख्या चिन्ताजनक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.