ओलम्पिक विजेतालाई विश्व एथलेटिक्सको नगद पुरस्कार

ओलम्पिक विजेतालाई विश्व एथलेटिक्सको नगद पुरस्कार
सुन्नुहोस्

लन्डन : विश्व एथलेटिक्स महासंघले ओलम्पिक खेलकुदका पदक विजेता एथलेटिक्सका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ। विश्व एथलेटिक्स महासंघले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने विश्व एथलेटिक्स पहिलो अन्तर्राष्ट्रिय महासंघ बन्नेछ। 

विश्व एथलेटिक्स महासंघका अनुसार पेरिस ओलम्पिकका पदक विजेताका लागि २.४ मिलियन अमेरिकी डलर छुट्याइएको छ। जसबाट एथलेटिक्सतर्फका हरेक स्वर्ण विजेताले जनही ५० हजार अमेरिकी डलर पुरस्कार पाउने छन्। 

पेरिस ओलम्पिकमा स्वर्ण विजेतालाई मात्रै नगद पुरस्कार प्रदान गरिने र सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने गृष्मकालीन ओलम्पिकमा रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। पेरिस ओलम्पिकमा एथलेटिक्समा ४८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ। रिलेतर्फका स्वर्ण विजेताले भने पुरस्कार राशि बाँड्ने छन्।

विश्व एथलेटिक्स संघका अध्यक्ष लर्ड कोयले यो निर्णय आफैमा ऐतिहासिक र महत्वपूर्ण भएको बताए। ‘यो एक महत्वपूर्ण र ऐतिहासिक क्षण हो। एथलेटिक्सलाई सशक्त र मजबुत बनाउन यो निर्णय साँच्चै ऐतिहासिक हुनेछ’, उनले भने, ‘यसले विश्वका उत्कृष्ट खेलाडी पहिचानमा 
थप सहयोग पुग्नेछ।’ 

यसैगरी सन् २०१२ को लन्डन ओलम्पिकका स्वर्ण विजेता ग्रेग रदरफोर्डले विश्व एथलेटिक्स महासंघको घोषणालाई उत्कृष्ट सुरुवात भनेका छन्। ‘यो बास्तवमै उत्कृष्ट सुरुवात हो। यसका लागि लर्ड कोय र विश्व एथलेटिक्स महासंघलाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.