कोशीले थप्यो ब्याडमिन्टनमा चार स्वर्णसहित आठ पदक

कोशीले थप्यो ब्याडमिन्टनमा चार स्वर्णसहित आठ पदक
सुन्नुहोस्

चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ब्याडमिन्टनतर्फ आठ पदक जितेको छ। बिहीबार भएको स्पर्धामा कोशीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक हात पारेको हो। 

कोशीले टिम इभेन्टमा पुरुष र महिलातर्फ स्वर्ण पदक हात पार्‍यो। पुरुषतर्फ विशाल तामाङ, मिलिन गुरुङ र विवेक कन्दङ्वाको टिमले स्वर्ण जित्दा महिलातर्फ सीमा राजवंशी, रोजी राई र अन्जना राईको टोलीले स्वर्ण जित्यो।

मिक्स डबल्समा विशाल तामाङ र सीमा राजवंशीले र वुमन्स सिंगलमा सीमा राजवंशीले स्वर्ण हात पारे। वुमन्स सिंगलमा रोजी राईले रजत जितिन् भने मेन्स डबलमा विशाल राई र मिलिन गुरुङले कास्य पदक हात पारे। वुमन्स डबल्समा सीमा राजवंशी र रोजी राईले कास्य जित्दा मेन्स सिंगलमा विशाल तामाङले कास्य जितिन्। ब्याडमिन्टनतर्फ कोशीका विशाल तामाङ उत्कृष्ट खेलाडी बने भने दुर्गा सारु मगर उत्कृष्ट प्रशिक्षक बने। 

यससँगै कोशीले हालसम्म ६४ पदक हात पारेको छ। सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धाअन्र्तग तेस्रो दिनसम्म आइपुग्दा १४ स्वर्ण, २० रजत र ३० कास्य गरी ६४ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए। 

मंगलबार भएको करातेतर्फ कोशीले एक स्वर्णसहित १३ वटा पदक जित्यो। करातेको ८४ केजीतर्फ ईश्वरधन राईले स्वर्ण पदक जित्दा एकल कातातर्फ विवेक राईले रजत जिते। ५५ किलोतर्फ विद्याकला राई, ६७ केजीमा पर्वत बस्नेत, ५५ केजीमा सूर्यचन्द्र राई, ५० केजीतर्फ महिलामा दिव्या तामाङ र पुरुषतर्फ ५० केजीमा दिपेश राईले रजत जिते।
एकल कातामा रोश्ना राई, ६८ किलोतर्फ मेनुका मगर, ४५ केजीमा स्मृति चौधरी, ८४ किलोमा केशव राई र ७५ किलोमा खरीहाङ दुमीले कास्य जित्दा टिम कातामा खरीहाङ राई, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईको समूहले कास्य जित्यो।

कोशीले स्वीमिङतर्फ ६ वटा रजत जित्यो भने १३ वटा कास्य जित्यो। एथ्लेटिक्सतर्फ दुईवटा गोल्ड, चार वटा सिल्भर र दुईवटा ब्रोन्ज गरी आठ वटा पदक जित्यो। तेक्वान्दोतर्फ कोशीले पाँच वटा स्वर्ण, दुईवटा रजत र ६ वटा कास्य गरी १३ पदक हात पार्‍यो।

महिला क्रिकेटतर्फ कोशी प्रदेशले दोस्रो हुँदै रजत पदक जित्यो। फुटबलमा महिला र पुरुष दुवैतर्फ फाइनल पुगेको एक पदक पक्का गरेको छ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। 

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो। पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ। प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ। 

प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन्। प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ। प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.