राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भिड्दैछन् ६ सय ८६ खेलाडी

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भिड्दैछन् ६ सय ८६ खेलाडी
सुन्नुहोस्

काठमाडौं : वैशाख ४ गतेदेखि सुरु हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। 

प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुनेछ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ। 

एथलेटिक्सको छात्र-छात्रामा समान १३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र-छात्रा समान एक एक गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

उनले संघीय प्रणाली अनुसार विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितालाई निरन्तरता दिएको बताए। राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ। 

त्यस्तै सदस्य सचिव घिसिङले नयाँ ऐनअनुसार केही खेलकुद संघहरूले निर्वाचन गर्न नसकेको भन्दै अब पनि निर्वाचन गर्न नसके कानुनअुसार अघि बढ्ने चेतावनी दिए। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्‍घाटन गर्ने कार्यक्रम छ। कूल ११ लाख ५२ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको कूल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.