घरमा बम राखेर त्रसित पार्दै अज्ञात समुहद्वारा बुद्धचित्त मालाको बोट फडानी

उक्त स्थानमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा फेला

घरमा बम राखेर त्रसित पार्दै अज्ञात समुहद्वारा बुद्धचित्त मालाको बोट फडानी

काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपरिचित समुहले बुद्धचित्तको बोट फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ।

जिल्लाको रोशी गाउँपालिका-५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको बोट फाडिएको हो। 

बिहीबार राती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन्। 

मुल मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा  सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन्। नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् । 

उक्त माला गत आर्थिक वर्षमा ९० लाखमा कारोबार भएको थियो । उक्त स्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा र मट्टीतेल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रुख काटेर जाने क्रममा नेकपा माओवादी जिन्दावाद भन्ने नारा लगाउँदै गएको स्थानीयले बताए।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.