फ्रेण्ड्सलाई पन्छाउँदै एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

फ्रेण्ड्सलाई पन्छाउँदै एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा
सुन्नुहोस्

सिमरा : विभागीय टिम नेपाल एपीएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शुक्रबार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो।

एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्को गोल अनन्त तामाङबाट आत्मघाती हुन पुग्यो। हावाहुरीका कारण बिहीबार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो। 

स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए। अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले सुन्दर गोल गरेका थिए। 

त्यसलगत्तै एपीएफले अर्को गोल गर्दै अग्रता दोब्बर पार्यो। खेलको ७५औं मिनेटमा प्रदीप तामाङको क्रस बललाई अनन्तले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो। लगातार दुई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो। उसले खासै अवसर सिर्जना गर्न सकेन। 

एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए। उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे। एपीएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। एपीएफले अब फाइनल प्रवेशका लागि शनिबार नेपाल पुलिस क्लबसंग खेल्नेछ। प्रतियोगिता अन्तर्गत शुक्रबार राती हुने पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र मछिन्द्र फूटबल क्लब भिड्नेछन्। 

मछिन्द्रले त्रिभुवन आर्मी क्लब र सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए। 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.