सिड्नीको सपिङ सेन्टरमा छुरा प्रहार : नौ महिनाको शिशुसहित छ जनाको मृत्यु

सिड्नीको सपिङ सेन्टरमा छुरा प्रहार : नौ महिनाको शिशुसहित छ जनाको मृत्यु
सुन्नुहोस्

सिड्नी : सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । 

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ । 

घटना विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए। उनका अनुसार एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो । 

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । यद्यपि अहिलेसम्म उसको औपचारिकरूपमा पहिचान गर्न सकिएको छैन । हमला आतङ्कवादी कार्य थियो भन्ने कुरालाई वेबले अस्वीकार गर्दै हमलाकारी एक्लैले यस्तो कार्य गरेको बताए ।  

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पुर्याइएको जानकारी दिP । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भने, 'सबैलाई गम्भीर चोट लागेको छ ।'

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए । 

प्रत्यक्षदर्शीहरूले आतङ्कको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयंलाई र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.