वन्यजन्तु पीडितलाई राहत
जोमसोम : मुस्ताङका वन्यजन्तु पीडितलाई राहत वितरण गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ ढाक्मरका स्थानीय पशुपालक मिङ्मार गुरुङलाई राहत प्रदान गरेको हो।
गत कात्तिक २४ गते राति ४ वटा हिमचितुवा खोर भित्रै पसेर गुरुङले पालेका झन्डै ८० वटा भन्दा बढी च्यांग्रा मारेको थियो। गुरुङले खोर वरिपरि तारबारसहितको पर्खाल लगाए तापनि हिमचितुवाले पर्खाल नाघेर च्यांग्रा मारेको थियो।
एक्यापले वन्यजन्तु पीडित गुरुङलाई ३ लाख ८५ हजार तत्काल राहत स्वरूप प्रदान गरेको हो।