सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विशेष गस्ती

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विशेष गस्ती
सुन्नुहोस्

धनगढी : कैलालीका सीमा क्षेत्रहरूमा आपराधिक क्रियाकलाप बढ्न थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ। प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती सुरुवात गरिएको हो। 

यस गस्तीले सीमा क्षेत्रका सर्वसाधारणलाई सीमामा हुने अपराधका बारेमा जनचेतना पनि दिनेछ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीको भारतसँग १ सय १ किलोमिटर लामो खुला सीमाना छ। धनगढी उपमहानरपालिका–२ देखि टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोलीसहितको पैदल गस्ती सुरु गरेको हो। गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरूलाई पार्ने प्रभाव, दैवीप्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्र्रिया गर्नेछ।

‘हामीले सीमामा हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी, लागुऔषधको कारोबार रोक्न र दैवि प्रकोपबाट सीमा क्षेत्रका जनतालाई बच्ने उपाय सिकाउनका लागि स्पेशल पैदल गस्ती सुरु गरेका हौं,’ सशस्त्र प्रहरी गण नम्बर ३४ हेडक्वार्टर कैलालीका एसपी दलबहादुर पाण्डेले बताए। 

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक पुस्करबहादुर बमको कमाण्डमा ३५ जनाको हतियारसहितको टोली पैदल गस्तीमा पठाएको हो। उनीहरूले १ सय १ किलोमिटर लामो सीमा क्षेत्र ७ दिनमा ग्रस्ती गर्ने छन्। सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी रोक्ने, आगलागी जस्ता विपदमा सहयोग गर्ने र जनचेतना फैलाउने कार्य यस टोलीले गर्नेछ।

‘कैलालीको त्रिनगरदेखि टीकापुरको श्रीलंका टापुसम्म हाम्रो गस्ती रहने छ। हामीले सीमा क्षेत्रमा सबै पक्षसँग समन्वय गरेर कार्यक्रम गर्ने, सीमाको रक्षा र सुरक्षाका उपायहरू बताउने कार्यहरू पनि गर्नेछांै,’ पैदल गस्तीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमले बताए।

सशस्त्र प्रहरी नम्बर ३४ गण हेडक्वार्टरका प्रमुख एसपी दलबहादुर पाण्डेले शनिबार विहान धनगढीको त्रिनगर नाकाबाट टोलीलाई बिदाइ गरे। सशस्त्र प्रहरीले भारतीय सुरक्षाकर्मी, भारतीय र नेपाली जनप्रतिनिधिसँग पनि ठाउँ ठाउँमा अन्तक्रिया र सीमाका समस्याका बारेमा छलफल गर्नेछ। कार्यक्रममा धनगढी उपमहानगरपालिका– २ का वडाध्यक्ष धर्मराज ओझाले सीमा क्षेत्रमा हुने पैदल गस्तीले जनतामा शान्ति सुरक्षाको अनुभूति हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.