कतारी राजाको नेपाल भ्रमण

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई, चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई, चारवटै सुरक्षा निकाय परिचालन
सुन्नुहोस्

काठमाडौं : कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपालको औचारिक भ्रमणमा आउँदैछन्। थानीको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्। 
नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले एक हप्ताअघि देखि नै काठमाडौं उपत्यकाको सुरक्षा तयारी थालिएको बताए। 'नेपाल प्रहरीका मातहतको युनिटहरू, विशेषगरी उपत्यका प्रहरी कार्यालय, त्यसअन्तर्गतका वृत, प्रभाग सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,' उनले भने।

उनले अवाञ्छित क्रियाकलाप हुनसक्ने स्थानमा निगरानी बढाइएको बताए। 'सूचना संकलनको विषयलाई विशेष प्राथमिकतामा राखेका छौं। असहज परिस्थित नहोस् भनेरै चारवटै सुरक्षा निकायलाई अलर्टमा अवस्था राखेका छौं,' प्रवक्ता ढकालले अन्नपूर्णसँग भने। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सहप्रवक्ता अवदेश विष्टले भीभीइपी पाहुनाको सवारी व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि संयुक्त सुरक्षा योजना बनाएको बताए। जिल्ला सुरक्षा समितिसँग छलफल गरेर सुरक्षा योजना तयार पारेको उनको भनाइ छ। 'योजना अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएको छ। जनशक्ति परिचालन, ट्राफिक परिचालनलगायतमा चुस्त व्यवस्था बनाइएको छ। हेडक्वाटरमा रहेका प्रहरीसमेत अलर्ट अवस्थामा रहनेछन्। मोबाइल र इमर्जेन्सी गस्ती बढाइएको छ,' उनले भने।
 
राजा थानी मंगलबाट साँझ निजी विमानबाट काठमाडौं आउने कार्यक्रम छ। उनीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन्। राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल विमानस्थलमै पुगेर स्वागत गर्नेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.