गुल्मीका अग्नि पीडितलाई इस्माले एक/एक लाख दिने

गुल्मीका अग्नि पीडितलाई इस्माले एक/एक लाख दिने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : अग्नि पीडितको घर निर्माणको लागि इस्मा गाउँपालिकाले प्रति परिवार एक/एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । बैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक/एक लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए । 

शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् । बर्खायाम सुरू हुन थालेकाले अग्नि पीडित परिवारलाई घर निर्माणको लागि प्रतिपरिवार एक लाख सहयोग गर्न लागिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार अग्नि पीडित परिवारको घर निर्माणको कार्य तत्कालै सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहनेछ ।  आगलागी भएको अर्कोदिन बसेको गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको थियो । 

जनप्रतिनिधिबाट पाँच लाख छ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर कूल छ लाख ८३ हजार हुने इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले जानकारी दिए । अग्नीपीडित परिवारले मौसमज जन्य विपत्अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा चार लाख रुपैयाँ र गाउँपालिकाको एक लाख गरी प्रतिघर परिवारले पाँच लाख रुपैयाँ पाउनेछन् ।

अग्नी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरुप प्रति घर २० हजार रकम प्रदान गरिएको छ भने यतिबेला सरकारी तथा गैरसरकारी संघसंस्थाले जीन्सी र नगद उपलब्ध गराइरहेका छन् । 

उनले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.