नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित  प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

विशेष अदालतको आदेशपछि डिल्लीबजारस्थित कारागार चलान गरिएको छ। पौडेलविरुद्धको मुद्दामा बुधबार विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो। पौडेल २०८० माघ १० गतेदेखि अख्तियारको हिरासतमा थिए। अख्तियारले पौडेलविरुद्ध २०८१ वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी अकुत सम्पत्ति आर्जन मुद्दा दायर गरेको थियो। 

बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारले जनाएको छ। बुधबार(वैशाख१२)विशेषका सदस्य न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा थुनछेक आदेश  दिएको हो।

सुनील पौडेलले घुसबापतको रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा जम्मा गरेको तथ्य खुलेको छ। सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत उनले घुस लिने गरेको र त्यस्तो रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा लुकाएर राखेको पाइएको छ। पटक–पटक गरेर उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २ सय २६ रुपैयाँँ जम्मा भएको पाइएको छ। विभिन्न अन्तर्राष्ट्रिय कम्पनीलाई ठेक्का दिएबापत सिंगापुरमा बैंकमार्फत भुक्तानी लिएको पाइएको छ।

पौडेलले अवैध रूपमा विदेशी बैंकमा पैसा राखेको पाइएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको बेला पौडल आफैंले टेन्डरहरूको कोटेसन बनाई योजनाबद्ध ढंगले आफैंले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्ल्यूडीएन, ओबीसीआई, एमएएक्स (म्याक्स), नेक्सट जेन सोलुसनलाई ठेक्का दिएका थिए। 

यी स्वदेशी आपूर्तिकर्ता कम्पनीले विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इएनसी/बानकोटेक प्रालिजस्ता कम्पनीहरूसँग साझेदारी गरेका थिए। स्वदेशी आपूर्तिकर्ताले इन्स्टासेफ ईएनसी/बानकोटेक प्रालिजस्ता विदेशी कम्पनीसँग सूचना प्रविधिसँग सम्बन्धित सामानहरू स्वदेशमा आपूर्ति गर्थे। साझेदारीबापत विदेशी कम्पनीले कमिसन दिन्थे। पौडेलले सोही रकम सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकमा १३ करोड ५३ लाख ८६ हजार २ सय २६ राखेका थिए। उनले टेन्डरको स्पेसिफिकेसन, लागत अनुमानमा नै मिलेमतो गरी अमूक कम्पनीलाई ठेक्का दिलाउने र त्यसबाट कमिसन लिने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

अदालतको आदेशपछि पौडेललाई अख्तियारको थुनाबाट बुधबारै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ। वैशाख ७ मा विशेष अदालतले नेसनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक पौडेललाई दोषी ठहर गरेको  थियो। टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको कारयण प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले निजहरूलाई २०८० माघ १० गते नियमानुसारको जरुरी पक्राउ पुर्जी दिई अख्तियारले हिरासतमा राखि थप अनुसन्धान  गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.