अपहरणमा परेका युवाको बुटवलबाट उद्धार

अपहरणमा परेका युवाको बुटवलबाट उद्धार
सुन्नुहोस्

कपिलवस्तु : अपहरण परेका एक युवाको प्रहरीले सकुशल उद्धार गरेको छ। कपिलवस्तु नगरपालिका-४ मलपरवा गाउँका विनित मिश्रालाई केही व्यक्तिहरूको समूहले अपहरण गरेकोमा प्रहरीले उनलाई ८ घण्टा पछि सकुशल उद्धार गरेको हो। 

लेनदेनको कारण अपहरणमा परेका मिश्रालाई प्रहरी टोलीले बुटवलबाट उद्धार गरेको हो। अपहरणकारीले मिश्रालाई तौलिहवाबाट बुटवलको एक होटलमा पुर्‍याएका थिए। होटलमा राखेर कुटपिट तथा रकम माग गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

अपहरणको आरोपमा ४ जना मुख्य आरोपीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। पक्राउ परेका सबै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा छन्। 

घटनाको थप अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अपहरणको घटना थाहा पाए लगत्तै सूक्ष्म रुपमा अपहरणमा परेका मिश्राको खोजीका लागि प्रहरी परिचालन गरेका थियौं,’ प्रहरी उपरीक्षक पौडेलले भने, ‘करिब ८ घण्टाको दौरानमा सकुशल उद्धार गर्न सक्यौं।’ पक्राउ परेका उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.