भारत, चीन र बंगलादेश भ्रमणमा जाने ग्राहकका लागि सधैं अन बस्न डेटा रोमिङ

भारत, चीन र बंगलादेश भ्रमणमा जाने ग्राहकका लागि सधैं अन बस्न डेटा रोमिङ
सुन्नुहोस्

काठमाडौं : विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ। 

प्याकले ग्राहकहरूलाई यी गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रही रहन मद्दत गर्दछ। प्याक सुचारु गर्ने बितिकै ग्राहकहरूले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्दछन्। ग्राहकले यो प्याक करसहित मात्र रु १०० मा सुचारु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन्।

नयाँ वर्ष २०८१ को अवसरमा सञ्चालनमा ल्याइएको यो प्याक ग्राहकले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि लिन सक्छन्। त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरूमार्फत पनि सुचारु गर्न सकिन्छ। भ्रमणमा जाने ग्राहकहरूले आफ्नो सञ्चार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्न सक्छन्।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ। त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरूलाई पनि विशेष महत्व राख्दछ। त्यसैगरी व्यापार व्यवसाय, अध्ययन लगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकहरूलाई पनि यो प्याक महत्वपूर्ण हुन्छ। 

यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ। भारतको हकमा ग्राहकले इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्। यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन्।

चीन र बंगलादेशको हकमा भने ग्राहकहरूले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कहरूमा अन्य सेवाहरू प्रयोग गर्न सक्छन्। एकपटक सुचारु गरेपछि प्याक ३ दिनसम्म मान्य रहन्छ र ग्राहकहरूले आफ्नो बसाइ र सेवा आवश्यकताहरूका आधारमा यो प्याक जाति पटक पनि लिन सक्छन्।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन। पछिल्ला वर्षहरूमा रोमिङ सेवाहरू धेरै सहज भएका छन् र ग्राहकहरूका लागि यो सेवा किफायती र झन्झटमुक्त भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.