इलाम २ को मतगणना सुरु हुन ढिलाइ

इलाम २ को मतगणना सुरु हुन ढिलाइ
सुन्नुहोस्

इलाम : इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना सुरू हुन सकेको छैन । केही बेरपछि  सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

शनिवार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। मतदानपश्चात रातभर मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सभागृहमा संकलन गरिएको छ। 

सभागृहका दुई स्थानमा मतगणना हुने छ । निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा  ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। उनले भने, 'अब बैठक बसेर मतगणना सुरू गर्ने छौं ।' उनले मतगणना स्थलमै सर्वदलीय बैठक बस्न लागेको जानकारी  दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.