सडक स्तरोन्नतिको माग गर्दै अनशनमा वडाध्यक्ष

सडक स्तरोन्नतिको माग गर्दै अनशनमा वडाध्यक्ष
सुन्नुहोस्

काभ्रे : सडक स्तरोन्नति नगरेको भन्दै जिल्लाको पनौती नगरपालिका-१० खोपासीका वडाध्यक्ष मोहनबहादुर भण्डारीले आइतबार बिहानदेखि आमरण अनशन सुरु गरेका छन्। 

लामो समय पनौती–खोपासी सडक चौडा गरिए पनि कालोपत्रे नगरिएको र पटक–पटक गुनासो गर्दा पनि बेवास्ता गरिएको भन्दै उनी अनशन बसेका हुन्।

खेपासी हुँदै डाडापारी पुग्ने सडक अहिले बिजोग अवस्थामा रहेको छ। खोपासी तालढुङग् सडकले बेथानचोक गाउँपालिका, खानिखोला गाउँपालिका र महाभारत गाउँपालिका जोड्छ। 

गत चैत २५ गते वडा कार्यालयमै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित नगरे वैशाख १६ गतेबाट आमरण अनशन बस्ने बताएका थिए। 

नागरिकको हितका पक्षमा रहेको आफ्नो अभियानलाई ऐक्यवद्धता जनाउन वडावासी लगायत आम जनतालाई खुला रुपमा अपिल समेत गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.