रेसुंगामा भीषण आगलागी

रेसुंगामा भीषण आगलागी
सुन्नुहोस्

गुल्मी : गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा वनमा यतिबेला भीषण आगलागी भइरहेको छ। हावाहुरीसहित भएको आगलागीका कारण रेसुंगामा रहेको रेडियो नेपाल र एनसेलको टावर उच्च जोखिममा परेको छ।

शनिबार दिउँसोदेखि रेसुंगा र अर्जुनका वनमा आगलागी भएको थियो। तीनै तहका सुरक्षाकर्मी, स्थानीयद्वारा दमकलको सहयोगमा आगो केही नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। 

प्रवक्ता पोखरेलका अनुसार राति पुन: रेसुंगा वनमा भीषण आगलागी भएको छ। हावाहुरीसहित भएको आगलागी अहिले नियन्त्रणभन्दा बाहिर छ। जिल्लामा एउटा मात्रै दमकल भएको र सबै ठाउँमा नपुग्ने भएकाले आगो निभाउन थप समस्या देखिएको प्रहरीले जनाएको छ। 

भीषण आगलागीका कारण  सदरमुकाम तम्घास नजिकका बस्तीहरू उच्च जोखिममा छन्। आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय र तम्घास बजारबासीलाई आगो नियन्त्रणमा जुट्न समेत प्रशासनले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.