बैंकिङ कसुरको अभियोगमा वडाध्यक्ष तामाङ पक्राउ

बैंकिङ कसुरको अभियोगमा वडाध्यक्ष तामाङ पक्राउ
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७, याङ्लाकोटका वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका तामाङ बैंकिङ कसुर मुद्दामा आइतबार पक्राउ परेका हुन्। वडाध्यक्ष हुँदा पनि प्रहरीको हातमा नपरेका उनलाई प्रहरीले नक्कली सेवाग्राहीको भेषमा गई पक्राउ गरेको हो। 

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवको नेतृत्वमा खटिएको टोलीले वडाबाटै पक्राउ गरेको हो।

तामाङलाई जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक यादवले बताए। जिल्ला अदालत सिन्धुपाल्चोकले कारागार चलान गर्ने तयारी गरिरहेको अदालतको तहसिलदार कल्पना अर्यालले बताइन्। 

जरिवाना तिरेको खण्डमा ३ दिनभित्र रिहाइ हुने र जरिवाना नतिरेमा दैनिक ३ सय रुपैयाँको दरले कट्टी हुने गरी जेल नै बस्नुपर्ने अर्यालले जानकारी दिइन्। प्रहरीले बहालवाला जनप्रतिनिधिलाई नै पक्राउ गरेको सिन्धुपाल्चोकको पहिलो घटना भएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले ठूलो प्रयास पछि वडा अध्यक्ष तामाङलाई पक्राउ गर्न सफल भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.