इलाम- २ : कांग्रेसले १६४६ ल्याउँदा सुहाङ ४२ मतले पछाडि, रास्वपा चौथो

इलाम- २ : कांग्रेसले १६४६ ल्याउँदा सुहाङ ४२ मतले पछाडि, रास्वपा चौथो

इलाम : इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का निरन्तर अगाडि रहेका छन्। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा हालसम्म फाकफोकथुम गाउँपालिकाको १,२ र ३ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार खड्काले १६४३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङले १६०१ मत प्राप्त गरेका छन्। उनीहरुबीच मतान्तर ४२ रहेको छ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३०५ मत प्राप्त गरेका छन्।  

फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्। वि.सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त  सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.