एक करोड १० लाख रुपैयाँ ठगी गरेर फरार रहेका व्यक्ति पक्राउ
काठमाडौं : एक करोड १० लाख रुपैयाँ ठगी गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-७ घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ रहेका छन्।
ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी श्रेष्ठलाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुरको नख्खिपोटबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत रविन्द्र रेग्मीले पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताए।