फाकफोकथुमको तीन वडा मत गणना :

पहिचानवादी थेगिमलाई आफ्नै वडामा कम मत, तेस्रो स्थानका लागि घण्टी प्रतिष्पर्धामा

पहिचानवादी थेगिमलाई आफ्नै वडामा कम मत, तेस्रो स्थानका लागि घण्टी प्रतिष्पर्धामा
सुन्नुहोस्

इलाम : फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना सम्पन्न भएको छ।  प्राप्त नतिजा अनुसार यहाँ कांग्रेसले लिड गरिरहेको छ। कांग्रेस उमेदवार डम्बर बहादुर खड्काले  १ हजार ६५८ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा नेकपा एमाले छ। एमाले उमेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन्। यहाँ मतान्तर २८ छ।

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन्। थेगिमको आफ्नै वडा फाकफोकथुम गाउपालिका ३ मा समेत कमजोर देखिएका छन्। यहाँ १ हजार ३१४ मत खस्दा उनले ११७ मतमात्र पात्र गरेका छन्। तीन वडामा उनले ४३० मत प्राप्त गरेका छन्।

चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन्। उनले ३०८  मत पाएका छन्। हालसम्म ४४ मत बदर भएको छ। हालसम्म ४ हजार १५० मत गणना भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.