समितिमा रहेका विधेयकको टुंगो लगाउन सभामुखको निर्देशन

समितिमा रहेका विधेयकको टुंगो लगाउन सभामुखको निर्देशन
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन्।

मंगलबार संसद सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिकरूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै विधेयकहरू पारित गर्नेगरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन्।

आगामी अधिवेशनमा आउनसक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारीलगाायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए। अझैपनि धेरै विधेयकहरू समितिमा टुंगो लाग्न बाँकी रहेको र छिटो टुंग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए।

उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउनसक्ने समस्या समाधान गर्न सबैले भूमिका खेल्न आग्रह गरेको बताए। बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरू समितिमा रहेकाले यसलाई छिटो भन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए। 

आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहहरू पेस हुने उनको भनाइ छ। उनले सहकारीको समस्या पूर्णरुपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जिकिर गरे। 

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए। उनले छिट्टै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए। त्यस्तै बैठकमा समिति सभापतिहरूले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.