मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते

मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते
सुन्नुहोस्

जोमसोम : मुक्तिनाथ दर्शन गरी फर्किएको बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ। 

काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 

बसमा चालकसहित ३० जना विद्यार्थी यात्रु सवार थिए। बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाइते भएका हुन्। बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु  बस दुर्घटना स्थलमा पुगेका थिए। 

दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीइबासी समेत उद्धारमा खटिएका थिए। प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पुर्‍याएको छ। प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बस दुर्घटनामा परेका घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भइरहेको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.